आजको वचन मनन गर्नुहोस।
मत्ती ६ (NNRV)
३२. … तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ३३. तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्।
. परमेस्वर तपाईको बाबू हुनुहुन्छ । एक बाबुलाई आफ्ना छोराछोरीको खाचो र आबश्येक्ताहरु थाहा हुन्छ। यसर्थ, तपाईको खाचो र आबश्येक्ताहरु परमेस्वर जान्नुहुन्छ। तर प्रभुले अर्को एक गहिरो रहस्य हामिलाई बताउनु भएको छ- परमेस्वरको राज्य र धार्मिक्ताको खोजी गर्नु पर्ने। परमेस्वरको राज्य भनेको उहाको उपस्थितिमा जाने कुरा, बचनमा हिड्ने र उहाको ईच्छा अनुसार काम गर्नु हो। धार्मिक्ताको खोजी भनेको उहाको गुण, पबित्रताको खोजी गर्नु हो। धर्मी परमेस्वरले धार्मिकता मन पराउनुहुन्छ। पबित्रता उहाको गुण हो। धार्मिकताले हामिलाई परमेस्वरसग हाम्रो ठिक सम्बन्धमा अगाडि लैजान्छ। प्रभुमा बिस्वास गरेर उहाको बिशेसता, गुण र आत्मामा बड्नुले नै हाम्रो जिबनमा धार्मिकताले स्थान पाउनेछ। यसर्थ, मनन गर्नुहोस, के तपाईं परमेस्वरको राज्य र उहाको धार्मिक्ताको खोजी गर्दै हुनुहुन्छ ! यदि गर्दै हुनुहुन्छ भने बचननुसार तपाईको जिबनमा सबै थोक थपिदै जाओस। आमेन।
. 30 अप्रिल 2024
. पास्टर नयन राई