आजको वचन मनन गर्नुहोस।
मर्कुस ४ (NNRV)
३६. अनि भीड़सँग बिदा लिएपछि, उहाँ जुन डुङ्गामा बस्नुभएको थियो त्यसैमा उहाँलाई चेलाहरूले आफ्नासाथ लगे। र अरू-अरू डुङ्गाहरू पनि उहाँको साथमा थिए। ३७. अनि त्यहाँ ठूलो हुरी-बतास चल्यो, र छालहरू डुङ्गामा बज्रन लागे, यहाँसम्म कि डुङ्गा पानीले भरिन लाग्यो३८. उहाँ आफैचाहिँ डुङ्गाको पछिल्लो भागमा एउटा सिरानी लाएर निदाइरहनुभएको थियो। तिनीहरूले उहाँलाई यसो भन्दै बिउँझाए, “गुरुज्यू, हामी डुब्न लाग्यौं भन्ने के तपाईंलाई वास्ता छैन?”३९. तब उहाँ बिउँझनुभयो, र बतासलाई हप्काउनुभयो, र समुद्रका छालहरूलाई भन्नुभयो, “शान्त हो! रोकिजा!” अनि बतास थामियो र ठूलो सन्नाटा छायो। ४०. उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन यसरी भयभीत हुन्छौ? तिमीहरूमा विश्वास छैन?”
. येशू प्रभुले चेलाहरुलाई छाल जस्तो परिस्थितिलाई कसरी सामना गर्ने भनेर ब्यबहारिक रुपमा नै सिकाउनुभयो। प्रभु डुङ्गामा हुदा ठुलो छाल आएर डुङ्गा नै पल्टेला भन्ने डर भयो। तर येशू चाहिँ शान्तसग निदाईरहेको, आराम गरिरहेको । चेलाहरुको आवाज पछि उहाँ उठेर समुन्द्रको छाललाई हकारेर तत्काल शान्ती भएको। बिचार गर्नुहोस त! प्रभुले. रोकिजा भन्दा छाल रोकियो। आज उहीँ प्रभु आफ्नो आत्मा मार्फत तपाईमा बास गर्नुहुन्छ ।(1) समुन्द्रको छाल जस्तै डरलाग्दो अबस्थामा पनि नडराउनुहोस, शान्त रहनुहोस। किनकी तपाईसग प्रभु हुनुहुन्छ ।(2) बरु त्यस्तो अबस्थालाई येशूले झै रोकिजा! म बाट, मेरो घरपरिवार बाट हटि जा भनी आदेस दिनुहोस येशूको नाउमा। (3) बिस्वास गर्नुहोस, येशुको नाउमा सबै कुरा नियन्त्रणमा छन। उहाँ सबै कुरालाई ठिक गर्न सक्नुहुन्छ । प्रभु येशू सबै कुराको समाधान हुनुहुन्छ(युहन्ना 13:13–14) । उहाँ तपाईको साथमा हुनुहुन्छ । एकपट्क, दुईपटकमा परिस्थिति नबदिएला, तर तपाईं प्रभुमा बिस्वास गरिरहनुहोस। समस्यालाई, रोगलाई, खराब परिस्थितिलाई प्रभु येशुको नाउमा आदेस दिई रहनुहोस। प्रभुले तपाईलाई निश्चय नै बिजय दिनुहुनेछ। आमेन।
. 2 मे, 2024
पास्टर नयन राई