आजको वचन मनन गर्नुहोस
तिमीहरू मेरा विधिहरूमा हिँड्यौ भने, र मेरा आज्ञाहरू मानेर तिनलाई पूरा गर्यौ भने, म तिमीहरूलाई ठीक समयमा वर्षा दिनेछु, जमिनले आफ्नो उब्जनी फलाउनेछ र खेतबारीका रूखहरूले आफ्नो फल दिनेछन्।
लेवी २६:३-४
(Nepali TBS Bible)
. परमेस्वरको विधि र आज्ञामा हिड्दा हाम्रो जिबनमा अदभूत कामहरु परमेस्वर गर्नुहुन्छ । आश्चर्यजनक कामहरु आज्ञाकारिताले ल्याउछ। ठिक समयमा वर्षा हुनु भनेको परमेस्वरले निगाह र अनुग्रह गर्नु हो। जमिन र खेतबारीले फल दिनु भनेको परमेस्वरबाट जुटाउनु हो। फल पाउनु हो। सबै धन सम्पती आर्जन गर्ने शक्ति परमेस्वरले नै दिनुहुन्छ (ब्यबस्था 8:18)। उहाले. नदिए हामिले जति नै कोसिस गरे पनि केही हुने छैन। तर माथिको पदमा धेरै शक्तिशाली कुरालाई अगाडि ल्याईएको छ। परमेस्वरको विधि (वचन) र उहाँ प्रती आज्ञाकारी हुनाले अथाह आशिष् ल्याउनेछ। विधि र आज्ञा मान्नु भनेको उहामा आफैलाई सुम्पनु हो। उहाको सामु नम्र बन्नु हो। नम्रहरुलाई अर्थात उहाको बचनमा हिड्नेहरुलाई परमेस्वर इनाम दिनुहुन्छ । फल दिनुहुन्छ ।आमेन।
. 23 मे 2024
. पास्टर नयन राई