(Daily devotion)

Nayan Rai
1 min readMay 3, 2024

--

आजको वचन मनन गर्नुहोस।

मत्ती ९ (NNRV)

३६. तर भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालाविनाका भेड़ाहरूजस्तै हैरान र असहाय भएका थिए। ३७. तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “फसल प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। ३८. यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदेऊन्।”

. प्रभु येशूको दयालु र कोमल ह्र्दयले जब मानिसहरुलाई हेर्नुहुन्छ, उहाँ दयाले भरिनुहुन्छ।येशू सन्सारमा आउनुहुदा मानिसहरु कति धेरै सहाराबिहिन र टुहुरा जस्ता थिए। उहाँ मानिसलाई बचाउन, बढाउन, साहस दिन र. जीवन दिन आउनुभयो। आज पनि धेरै मानिसहरु सहाराबिहिन छन। येशू आएर हाम्रो निम्ति क्रुसमा रगत बगाउनु भयो। तर सन्सारको मानिशहरुले यो कुरा सजिल्यै बुझ्न सकेका छैनन। यसकारण प्रभुको निम्ति काम गर्ने ब्यक्तिहरुको खाचो ठूलो छ। के तपाईं त्यो ब्यक्ती बन्न चाहनुहुन्छ? प्रभुको निम्ती काम गर्ने! पाकेको फसल (अन्न बाली) झै मान्छेको ठुलो भिड छ, तर प्रभलाई नचिनेमा फसल नाश भए झै मानिसहरु पनि नाश हुनेछन। प्रभु तपाईं र मलाई भनिरहनुभएको छ, ‘कोहि छ मेरो फसल कटनी गर्ने?’ आउनुहोस, प्रार्थना गरौ, “प्रभु तपाईको फसल कटनी गर्न मलाई प्रयोग गर्नुहोस। म तपाईको निम्ति काम गर्न चाहन्छु। मलाई प्रयोग गर्नुहोस, प्रभु! म मानिसहरुलाई उठाउन! साहस दिन, र आत्मा बचाउन चाहन्छु। शक्ति दिनुहोस प्रभु। आमेन।”

. 3 मे, 2024

. पास्टर नयन राई

--

--

Nayan Rai
Nayan Rai

Written by Nayan Rai

Empowering and encouraging people through glorious word of God. Daily devotion, notes & sermons. https://youtube.com/@nayanraionline

No responses yet