(Daily devotion)
आजको वचन मनन गर्नुहोस।
मत्ती २६ (NNRV)
७. एउटी स्त्री सिङ्गमरमरको एउटा शीशीमा बहुमूल्य अत्तर लिएर उहाँकहाँ आई, र उहाँ खान बस्नुहुँदा तिनले त्यो उहाँको शिरमा खन्याई८. यो देखेर चेलाहरूलाई रीस उठ्यो, र तिनीहरूले भने, “केको निम्ति यत्रो नोक्सानी? ९. किनकि यो अत्तर धेरै दाममा बिक्री गरेर त्यो पैसा गरीबहरूलाई दिन सकिन्थ्यो।” १०. तर येशूले यो थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यस नारीलाई किन दुःख दिन्छौ? तिनले त मेरो निम्ति एउटा असल काम गरेकी छिन्।
. सिगममर्मरको बहुमुल्य अत्तर बेचेर धेरैलाई सहयोग गरेको भए यसरी खेर जादैनथ्यो भनी चेलाहरुले सोचे। निकै पैसाले गरिबलाई खुवाउन सकिन्थ्यो। कसैको समस्या हल हुन सक्थ्यो। तर येशूले त्यसो गर्नु पर्थ्यो भन्नुभएन। येशुले त्यस स्त्रीले गरेकी ठिक हो भन्नुभयो। येशूको अन्तिम दिन क्षण हुन लागेको थियो। तर थोरै मानिसहरुले मात्र त्यो अन्तिम क्षेणमा सबै कुरा भन्दा येशुलाई महत्त्व दिए। त्यसमा ती स्त्री परिन।येशुसग सधै बस्ने चेलाहरुले पनि त्यो मौका चिन्न सकेनन। यसर्थ, समयलाई चिन्नुपर्छ। प्रभुले दिनुभएको समयलाई चिन्नुहोस। समत घर्किए पछि हामी चाहेर पनि कति पटक त्यसो गर्न सक्दैनौ। यदि हामी प्रभुलाई आज नै महत्त्व दिन्छौ भने अरुहरुले जे सुकै भनुन प्रभुले भन्नुहुनेछ, “यसले ठिक गरेको छ।” के के कुरामा तपाइले प्रभुलाई सबै भन्दा महत्त्व दिनु भएको छैन। बिचार गर्नुहोस। यो वचन तपाईको निम्ति हो।
. पास्टर नयन राई
. 18 मे, 2024
