आजको वचन मनन गर्नुहोस।
मत्ती १६:२४
तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “कोही मेरो पछि आउन चाहन्छ भने उसले आफैलाई इन्कार गरोस्, आफ्नो क्रूस उठाओस् र मेरो पछि लागोस्।”
. परमेस्वरको राज्यको हकदार हुन. तपाईलाई सित्तैमा मौका मिलेको छ। तर हकदार भए पछि यश सन्सारमा प्रभुको एक अशल र ईमान्दार चेला हुन भने मूल्य चुकाउनु पर्छ। सबै भन्दा महान गरेर येशूले हाम्रो निम्ति बलिदान भएर मुल्री चुकाउनु भयो। उहाले पिताको सुयोग्य पुत्र प्रमाणित गर्न. क्रुस बोकेर. आफैलाई बलिदान गर्नुभयो। हाम्रो दुखको क्रुस उहाले बोक्नुभयो। प्रभु भन्नुहुन्छ, ‘कोही मेरो पछि आउन चाहन्छ भने उसले आफैलाई इन्कार गरोस्, आफ्नो क्रूस उठाओस् र मेरो पछि लागोस्।’ आफ्ना धेरै ईच्छा र आकाङ्क्षालाई त्यागेर खृस्टको निम्ति समय दिनुहुन्छ, पसिना बगाउनुहुन्छ, आर्थिक रुपमा सहायता गर्नुहुन्छ, खृस्टको साक्षी बन्नुहुन्छ, मानिसको आत्मा बचाउन अगाडि. बड्नुहुन्छ भने हो , तपाईले आफ्नो क्रुस बोक्दै हुनुहुन्छ । बिस्वासि मात्र होईन, आफ्नो क्रुस अर्थात प्रभुले मुल्य चुकाउनु भएको कुरालाई बुझेर आफै पनि मुल्य चुकाउने चेला बन्न सकौ। आमेन।
. 10 मे, 2024
. पास्टर नयन राई