आजको वचन मनन गर्नुहोस।
मत्ती ७ (NNRV)
२४. “यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ, म एक जना बुद्धिमान् मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो२५. अनि पानी पर्यो, र बाढ़ी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र पनि त्यो घर ढलेन। किनकि त्यो चट्टानमाथि बसालिएको थियो२६. जसले मेरा यी वचन सुनेर पनि पालन गर्दैन, त्यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्छ, जसले आफ्नो घर बालुवामाथि बनायो। २७. पानी पर्यो, र बाढ़ी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र त्यो घर ढल्यो, अनि त्यसको ठूलो विनाश भयो।”
. प्रत्येक ब्यक्तिको जिबनको एक प्रकारको जग हुने गर्छ। हाम्रो आत्मिक जग पनि हुन्छ। जग भनेको त्यस्तो कुरा जोद्वारा हामी ठडिएका हुन्छौ, डोर्याईएका हुन्छौ। जगले हाम्रो जिबनलाई एउटा बाटोमा डोर्याएको हुन्छ। हाम्रो आत्मिक जगले हामिले जिउने भौतिक जग पनि बनाउछ। यदि हामीले प्रभु येशूलाई साचो रुपले स्वीकार गरेका छौ भने हामी उहाको बचनलाई पालन गर्छौ, हाम्रो जग बलियो हुन्छ। चट्टान माथी घर बनाउने त्यो मानिस हो, जो प्रभुलाई चिनेर उहाको बचनको आज्ञाकारितामा चल्छ। बचनमा चल्नु , प्रभुसगको सबन्धमा रहनु र प्रभुलाई आफ्नो जिबनमा अगाडि राख्नुले नै हाम्रो आत्मिक जिबनको खम्बालाई दर्हो बनाई राख्छ। अनि हावा हुरि. आउदा हामी ढल्दैनौ। सुन्ने मात्र होइन, सुनेर गर्नेहरु हुन जसको जग बलियो बन्दछ। सुन्ने मात्र तर नगर्ने, वा अनेक बहाना बाजि बनाउनेहरु भने बालुवामा घर बनाउनेहरु हुन। मेरो प्रार्थना छ, तपाईले वचन सुनेर त्यही अनुसार. आफ्नो जिबनलाई हिडाउनुहुनेछ, यसरी तपाईले आफ्नो आत्मिक जिबनको जग बलियो बनाउनुहोस। चट्टान येशू हुनुहुन्छ । तर चट्टानमा आफ्नो घर बनाउने हो भने धेरै मेहनेत र परिस्रम गर्नुपर्छ। जुन बालुवाम बनाउदा पर्दैन। ति मेहनेत र परिस्रम भनेका वचन पड्दा, पालन गर्दा, त्यही अनुसार हिड्दा सहनु पर्ने कुराहरु हुन। आमेन
. 1 मे, 2024
. पास्टर नयन राई